काठमाडौँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । लघुवित्तको साधारणसभा बाँके कोहलपुरमा सम्पन्न भएको हो ।
सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८१/०८२ कोलागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ ।
सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित गर्ने कार्यकोलागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
सभामा सेयरधनीहरु मिनराज चौधरी, नरेश कुमार चौधरी, दुर्गा प्रसाद चौधरी र डम्बर बहादुर शाहले राखेका जिज्ञासालाई सभाध्यक्ष शिव बहादुर चौधरी र कार्यकारी निर्देशक डा.गोपाल दहितले सहज भाषामा स्पष्ट पारेका थिए । छैंठौ साधारण सभामा ६४.३६ प्रतिशत सेयरधनीहरुको उपस्थिति रहेको थियो ।
साधारणसभा युनिक वित्तीय संस्थाका अध्यक्ष शिव बहादुर चौधरीको सभाध्यक्षतामा भएको थियो । हाल युनिक वित्तीय संस्थाको चुक्ता पुँजी रु.१४ करोड ८५ लाख ७५ हजार रहेको छ ।