Skip to content
LAXMI SUNRISE BANK

सिलौटो कटेजको खाजामा मरेको साङ्लो भेटियो, वाणिज्य विभागद्वारा ३ लाख जरिवाना

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा चर्चित सिलौटो कटेजको खाजामा साङ्लो भेटिएको छ । सोमबार काठमाडौँको अनामनगरस्थित उक्त कटेजको खाजामा मरेको साङ्लो भेटिएको हो ।

सोमबार दिउँसो ट्रक व्यवसायी महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा रेस्टुरेन्टले बाँडेको खाजामा मरेको साङ्लो भेटिएको थियो ।

खाजामा साङ्लो भेटिएपछि कार्यक्रममा सहभागी एकजनालो वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अनुगमन गर्दा कटेजले कार्यक्रममा बाँडेको खाजामा साङ्लो परेको पुष्टि भएको थियो ।

त्यसप्रश्चात कटेजलाई कारवाहीस्वरुप तीन लाख रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK