×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे क्यापिटलको ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्न वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

माछापुच्छ्रे क्यापिटलको ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्न वितरण

Artha Sarokar

६ माघ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।

क्यापिटलले माघ ०४ गतेका दिन चण्डेश्वरी मार्ग, बोडे, भक्तपुर स्थित ‘श्री द्योमाँ जगत वृद्धाश्रम’ मा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य तथा जाडो महिनालाई मध्यनजर गर्दै सहयोग स्वरुप ६ थान हिटर, तथा खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ ।

यस कार्यक्रममा वृद्धाश्रमका तर्फबाट वृद्धाश्रम समितिका अध्यक्ष प्रेम चन्द्र अदुवा श्रेष्ठ तथा मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ उपस्थित थिए भने क्यापिटलका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने, तथा प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारका साथै कर्मचारीहरु उपस्थित थिए ।

माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सव माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी