काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको ५औँ वार्षिकोत्सव सम्पन्न भएको छ । क्यापिटलले वार्षिकोत्सवको काठमाडौं स्थित मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप क्यापिटलले माघ १३ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै कलेजका कर्मचारीहरु तथा शिक्षक वर्गलाई सेयर बजारको प्रारम्भिक शिक्षा, प्राविधिक विश्लेषण सम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारीताको बारेमा जानकारी तथा साक्षरता प्रदान गराइएको थियो ।

स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदान लगायत, वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरुलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवाहरुमा छुट लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्