काठमाडौँ । सिराहामा गाउँपालिका उपाध्यक्षले सरकारी गाडी तोडफोड गरेकी छिन् । सिराहाको विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष गीताकुमारी सिंहले गाउँपालिकाकै बा २ झ ३६४३ नम्बरको सरकारी स्कारपियो गाडी तोडफोड गरेकी हुन् ।
गाउँपालिका अध्यक्षले उक्त गाडीमा आफूलाई चढ्न नदिएपछि गाडी तोडफोड गरेको उपाध्यक्ष सिंह स्वयम्ले स्वीकारेकी छिन् ।
अर्थ सरोकारसँग कुराकानी गर्दै उपाध्यक्ष सिंहले गाउँपालिकाले खरिद गरेको गाडीमा आफूलाई चढ्नै नदिएपछि रिसले गाडी नै फुटाएको बताइन् । ‘मैले अध्यक्षज्युलाई अनुगमनमा जान्छु गाडी पठाइदिनु भनेको थिएँ । हुन्छ भन्नुभयो तर गाडी पठाइदिनुभएन ।’, उनले भनिन्, ‘पछि चालक खाना खान गएको भन्दै बाहना बनाउनुभयो । त्यही भएर गाडी फोडिदिएको हूँ ।’
उनले गाडी गाउँपालिकाको भए पनि आफूलाई चढ्न नदिएको गुनासो गरिन् । यसअघि पनि धेरैपटक आफूले माग गर्दा पनि गाडी नदिएर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले गाडीमा एकलौटी कब्जा गरेको र हदै भएपछि अहिले आफूले तोडफोड गरेको बताएकी छिन् ।
उपाध्यक्षले गाडीमा इँटा र ढुंगा प्रहार गर्दा गाडीको झ्याल, ढोकाको सिसासहित विभिन्न भागमा क्षति पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्