काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गरगरे मार्फतरुद्रपुर खानेपानी संस्थालाइ कम्प्युटर हस्तान्तरण गरेको छ ।
रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई आवश्यक पर्ने कम्प्युटर बैंकको सञ्चालक समिति सदस्य भिम प्रसाद तुलाचनले हस्तान्तरण गरेका हुन् ।
कम्प्युटर हस्तान्तरण गरिएकोमा कार्यक्रमको प्रमुख अतिथि कन्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल र रुद्रपुर खानेपानी संस्थाका अध्यक्ष नाम बहादुर केसीले धन्यवाद ज्ञापन गरे । उक्त कार्यक्रममा कन्चन गाउँपालिका वडा नं. ३, ४ र ५ का वडा अध्यक्ष लगायत कामना सेवा विकास बैंक लिमिटेडका बुटवल क्षेत्रीय प्रमुख खिम लाल भुसाल र खानेपानी संस्थाका समिति सदस्य एवम् कर्मचारीको उपस्थिति रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्