×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्तीले मनाउँदै डिजिटल रूपान्तरणको ८औँ वर्ष

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खल्तीले मनाउँदै डिजिटल रूपान्तरणको ८औँ वर्ष

Artha Sarokar

१३ माघ २०८१, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ माघ १३ गते ८औँ वर्ष पुरा गरी ९औं वर्षमा प्रवेश गरेको छ । ८औं वर्ष पूरा गरेको अवसरमा खल्तीले ‘सेलिब्रेटिङ ग्रेट ८एयर’ थिम राखी आफ्नो वार्षिकोत्सव  मनाइरहेको छ ।

२०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविधाबाट सुरुवात भएको खल्तीको डिजिटल रूपान्तरण यात्रा २०२५ सम्म आइपुग्दा निकै नै इनोभेटिभ र उत्साहजनक भएको कम्पनीले जनाएको छ । विभिन्न युवा मैत्री मनोरञ्जन, कन्सर्ट, खेलकुद र रियालिटी सोहरूका लागि लोकप्रिय ‘खल्ती’ ईभेन्ट टिकटिङ , भोटिङ र मुभि टिकटिङ प्लेटफर्मको रूपमा अग्र स्थानमा छ ।

यी वर्षहरूमा सरकारी सेवा सुविधाको डिजिटल भुक्तानीदेखि लिएर विभिन्न ग्याजेट खरिदको लागि ‘खल्ती मल’ र रेस्टुराँ देखि मनोरञ्जनको एक्सक्लुसिफ डिल रहने ‘प्लेसेस बाई खल्ती’सम्म, खल्तीले आफ्नो डिजिटल सेवा विस्तार गरेको छ र पछिल्लो समय आफ्नो प्रयोगकर्ताहरू माझ विभिन्न इन्स्योरन्स र लगानी जस्ता वित्तिय सेवाहरू ल्याएको छ ।

नेपालभर सबै नेपालीहरूका लागि वित्तीय समावेशीकरणको उद्देश्य राखी अगाडि बढिरहेको खल्तीले आफ्नो आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल नेपालको यस यात्रामा सदैव साथ दिएकोमा सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाय, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ ।

गत वर्ष जस्तै यस वर्ष पनि लगातार देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा ‘खल्ती’ एनएचसीएलद्वारा सम्मानित भयो । हालै खल्तीले गुगल प्ले स्टोरमा ५० लाख डाउनलोड पनि पूरा गरेको छ। नेपाल प्रिमियर लिगको टिकटिङ, बाइक सुरक्षा र कार सुरक्षाको सुरुवात, बिगेस्ट पेमेन्ट जात्राको तेस्रो संस्करणको सफलता, रेस्टुराँ देखि मनोरञ्जनको एक्सक्लुसिफ डिल रहने प्लेसेस बाई खल्ती र ग्याजेटहरूका लागि खल्ती मलको स्थापना -आठौँ वर्षको प्रमुख बिन्दुहरू रहेको खल्तीले जनाएको छ ।

रु ८ को अफर: आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले माघ ०७ देखि १८ गतेसम्म, हरेक सुविधालाई निश्चित समय अवधि तोकेर रु ८ मा कफी, स्वास्थ्य सुरक्षा , टपअप, मुभी अनि फ्लाइट अफर ल्याएको छ ।

● पहिलो ८८,८८८ प्रयोगकर्ता सम्मलाई रु ८ मै कफी
● पहिलो ८,८८८ प्रयोगकर्ता सम्मलाई रु ८ मै सुरक्षा मिनी नामक स्वास्थ्य बिमा प्याकेज
● ८८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै रु ५०० सम्मको टपअप
● ८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै मुभी टिकट
● ८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै फ्लाइट टिकट

रु ८ मै कफी प्राप्त गर्न प्रयोगकर्ताहरूले खल्ती एप भित्र ‘ईन्टरटेनमेन्ट’ सेक्सनमा गई ‘प्लेसेस’ भित्र कफीको अफर छनोट गरी आफूलाई पायक पर्ने ठाउँमा रु ८ मै कफी अर्डर गर्न सक्नेछन् भने यो अफर माघ १३ गतेदेखि १५ गतेसम्मका लागि मान्य रहने खल्तीले जनाएको छ । खल्तीले अन्य अफरको लागि आ-आफ्नो समय अवधि र व्यवस्था छुट्टाएको छ । साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै खल्ती मल अफर तथा उपहार पनि आफ्नो आठौँ वार्षिकोत्सवको उपलक्षमा उपलब्ध गराएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी