×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्धारा अटिजम सिकाई केन्द्रलाई सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महालक्ष्मी विकास बैंकद्धारा अटिजम सिकाई केन्द्रलाई सहयोग

Artha Sarokar

२४ पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबर्द्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ ।

सोही अन्तर्गत महालक्ष्मी विकास बैंकको दमक शाखाद्धारा सरस्वती माध्यमिक विद्यालय, दमक-०९, इटाभट्टा, झापाले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई अटिजम भएका विधार्थीहरुको शैक्षिक क्रियाकलापहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरुप प्रदान गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच विद्यालयको प्रधानध्यापकलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो । हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विधार्थीहरु यस कार्यबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी