Skip to content
LAXMI SUNRISE BANK

टोखामा चाकु बनाउन भ्याईनभ्याई (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । माघे सङ्क्रान्तिका लागि टोखाका व्यवसायी चाकु उत्पादनमा व्यस्त छन् । घ्यू र चाकु खाएर मनाइने माघे सङ्क्रान्ति पर्वका लागि बजारको माग अनुसार व्यवसायी चाकु उत्पादनमा व्यस्त बनेका हुन् ।

परम्परागत रूपमै टोखाका नेवार समुदायले चाकु बनाउँदै आएका छन् । पछिल्लो समय टोखामा विभिन्न १४ वटा उद्योगमार्फत् चाकु उत्पादन भइरहेको छ । चाकु किलोको १४० र खुवाको चाकु ५०० किलो र कालो तिल र सेतो तिलको लड्डु ३०० किलोमा बिक्री भइरहेको छ ।

पहिले थोरै मात्रामा बन्ने चाकु अहिले १२ महिना उत्पादन हुन्छ । टोखामा अहिले भारतबाट आयात भएको सख्खरबाट चाकु बनाउनुपर्ने बाध्यता छ । बजारमा माग बढे पनि जनशक्तिको भने अभाव भएको व्यवसायी बताउँछन् ।

पुसको अन्तिम दिन पकाएर माघको पहिलो दिन खाने चलन अनुसार चाकु पुस मसान्तसम्म बन्ने र माघ १ गते परिवारसँग बसेर एकसाथ खाने चलन छ । माघे सङ्क्रान्तिमा घिउ, चाकु, सखरखण्ड, रातो मूलालगायतका परिकार खाने चलन रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठको भनाइ छ।

पहिले हातले फिटेर बनाउने गरिएको सेतो तिलको लड्डु, कालो तिलको लड्डु, झोल चाकु, स्पेसल चाकु, पुष्टकारी, बदाम लड्डु, मुरमुरे लड्डु अहिले प्रविधिको विकाससँगै मेसिनले पनि बनाउन थालिएको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK