काठमाडौँ । इसेवाको बैंक खातामा करोडौँ अवैध रकम जम्मा भएको खुलासा भएको छ । क्रिप्टो कारोबार, वानएक्स बेट जस्ता जुवा खेलाईएका रकम लगायतका अवैध रकम इसेवाले करोडौं होल्ड गरेको पाइएको हो । इसेवाकै कर्मचारीले कम्पनीको खातामा करोडौं रुपैयाँ अवैध रकम भएको पुष्टी गरेका छन् । अवैध रकम आएको ट्रयाक हुँदा फ्रीज गरिएका इसेवा एकाउन्टमा जम्मा भएको करोडौँ अवैध रकम कम्पनीले होल्ड गरेको ती अधिकारीको दाबी छ ।
यसरी जम्मा हुन्छ अवैध रकम !
इसेवाका कर्मचारीका अनुसार इसेवाले कुनै पनि गैरकानुनी कामबाट आएको रकम शंकास्पद लागेमा सो इसेवा एकाउण्ट नै ‘सस्पेन्ड’ गर्ने गरेको छ । गैरकानुनी आर्जन भएकाले सो रकम निकाल्ने प्रयाससमेत खातावालाले गर्दैनन् । यस्तो खाता सामान्यतया अरुको फोन नम्बर वा नागरिकता प्रयोग गरेर, वा आफ्नै भए पनि पक्राउ परिने डरले जसको पैसा हो, उ इसेवाको सो एकाउण्ट एक्टिभ गर्न नै आउँदैन । र यसरी जम्मा भएको रकम इसेवाले आफ्नै बैंक खातामा राख्ने गरेको छ ।
इसेवाका कर्मचारीका अनुसार यसरी इसेवाको खातामा जम्मा भएको अवैध रकम करोडौँ पुगिसकेको छ । ‘एक त खाता सस्पेण्ड गरिदिएपछि पक्राउ पर्ने डरले खातावाल सम्पर्कमै आउँदैन । अर्कोतर्फ, कसैले सम्पर्क गरिहाल्यो भने पनि इसेवाले सो रकम गैरकानुनी भएको र प्रहरी केस अघि बढाउने धम्की दिन्छ । त्यसपछि सो मान्छे नै सम्पर्कविहीन हुन्छ । यसरी थुप्रै रकम इसेवाले होल्ड गरेको छ ।’ इसेवाका ती अधिकारीले भने ।
यसो त यसरी गैरकानुनी रुपमा ट्रान्सफर भएको रकम के गर्ने भन्ने कानुनसमेत नभएकाले सो रकम इसेवाको खातामा होल्ड भएर बस्ने गरेको छ । इसेवा स्वयमले इसेवा एकाउण्टमा हुने सबै रकम आफ्नो बैंक खातामा हुने बताउँदै आएको छ । त्यस्तो रकमलाई कम्पनीले बैंक मौज्दातकै रुपमा राख्ने गरेको छ, जुन राष्ट्र बैंकका विभिन्न प्रचलित व्यवस्था अनुसार गैरकानुनी हो ।
बोल्दैन इसेवा, खोजीनिधि गर्दैन राष्ट्र बैंक !
यस विषयमा इसेवाक अधिकारी बोल्न नै चाहँदैनन् । यतिसम्म कि इसेवाले ग्रिभाइन्स अफिसर तोकेका बिजय राईले नजिकबाट चिनेका र इसेवामाथि प्रश्न नउठाउने पक्का भएकाहरुकोमात्र फोन उठाउने गरेका छन् । यस विषयमासमेत हामीले उनलाई सम्पर्क गर्दा उनको फोन नै उठेन ।
इसेवा नियामक नेपाल राष्ट्र बैंकले नियमन गर्ने संस्था हो । स्वयम् राष्ट्र बैंकको प्रचलित व्यवस्था र सम्पत्ति शुद्धिकरणसम्बन्धि विभिन्न कानुनले पनि यसरी गैरकानुनी रुपमा आर्जन गरिएको रकम बैंक मौज्दातका रुपमा राख्न नहुने भनेको छ । तर इसेवाले भने पर्याप्त कानुन नभएको दाबी गर्दै करोडौं गैरकानुनी रकम इसेवाको खातामा राख्ने गरेको छ ।
ह्याकरले केहि समयअगाडी इसेवाको माउ कम्पनी एफवान सफ्टको खाताबाट करोडौँ रकम चोरेका थिए । सिटिजन्स बैंकमा रहेको खाताबाट चोरी भएको सो रकमका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पछिल्लो समय इसेवाबाट ग्राहकहरु अन्यत्र सिफ्ट हुन थालेको अवस्थामा राष्ट्र बैंकले कतै कमजोर नियमन गरेको हो कि वा इसेवाको बदमासीमा आँखा चिम्लेको हो कि भन्ने शंका उब्जाउने स्थिति बनेको कम्पनीको इसेवा वालेटसमेत प्ले स्टोरबाटै बेला बेला हट्ने गरेको छ । अत्याधिक समस्या आएपछि विभिन्न बैंकका काउण्टरहरुले त इसेवालाई ‘एसेप्ट’ नगर्ने भन्दै सूचना टाँस्नसमेत थालिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्