×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

Artha Sarokar

६ माघ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका ०३, नदीपुर, कास्की स्थित नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री संघ, कास्कीलाई रु ३.०० लाख आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, मिन बहादुर गरुङले संघका अध्यक्ष गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी