काठमाडौँ । प्रभु समुह अन्तरगतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडका तर्फबाट बाढीपीडितलाई सहयोग प्रदान गरेको छ ।
यही असोज दोस्रो हप्तामा देशका विभिन्न भू-भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको परीप्रेक्षमा राष्ट्रिय विपदको यस दु:खद घडीमा पीडित एवम् प्रभावित परीवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पिडीतहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले प्रभु समूहले बाढीपीडितलाई सहयोग प्रदान गरेको हो।
संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै मिति २०८१-०६-२१ गते एक कार्यक्रमकाबीच प्रभु समुहका अध्यक्ष देवी प्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड पचहत्तर लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
प्रभु समुह अन्तर्गतका उल्लेखित संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समुहले गरेको छ । साथै, प्रभु समुहले बाढी तथा पहिरोबाट घाइते नागरीकहरुको सिध्र स्वास्थलाभको कामना र मृतकजन प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामनासमेत गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्