काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापत रु १५ लाखको दाबी भुक्तानी गरेको छ । कम्पनीको मणिग्राम शाखाले घातक रोग बापत दाबी भुक्तानी कार्यक्रम बिमितको घरमै शुक्रबार (पुष ५) गते सम्पन्न गरेको हो ।
कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत रु १५ लाखको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते रु १५ लाखको बीमा योजना लिएका थिए । २०८१ कार्तिकमा उहाँलाई ब्रैन स्ट्रोक भएपछि यो दाबी दर्ता भएको थियो ।
घातक रोगको दाबी एक कार्यक्रममा को बिचमा भएको थियो भने कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल,मुर्गिया शाखा प्रमुख गणेश गैरे ,भुमही शाखा प्रमुख प्रबिन कंडेल ,मार्केटिङ दया तिमिल्सिना लगायत को उपस्थिति रहेको थियो। साथै, कार्यक्रममा एमडिआरटि माधव भुसाल, एमडिआरटि कमला जिसि कुँवर, सिनियर एजेन्सी मेनेजरहरु शालिकराम वोस्ती, शालिकराम भण्डारी समेत को उपस्थिति थियो ।
एजेन्सी म्यानेजरहरू रेशम भाट,हिमाल राना,शलिकराम तिवारी , नुमकला पङेनी, टांक भुसाल, बसन्ती गिरि लगायत अभिकर्ता, बीमित परिवार, आफन्तजन र स्थानीयबासीहरूको समेत सहभागीता रहेको थियो। कार्यक्रममा वक्ताहरूले बीमाको महत्त्व र आर्थिक संकटमा ग्राहकलाई बिमित र परिवार जनलाई बिमाले सुरक्षाको बलियो काम गर्ने विषयमा चर्चा गरेका थिए ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यस कार्यक्रममार्फत बीमितहरूको विश्वासलाई थप सुदृढ गर्दै सेवा बिस्तार निरन्तर प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्याएको थियो । ‘ग्राहकहरूको जीवन सुरक्षामा हाम्रो प्राथमिकता’ नाराका साथ, रिलायबल नेपाल लाइफले यस्ता प्रयासलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ ।
नेपालको बीमा इतिहासमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्बाधिक रकम को मृत्यु दाबी बापत रु ४ करोड भुक्तानी गरेको स्मरण गर्दै, थप बलियो बनाएको छ। साथै, रिलायबल नेपाल लाइफले भविष्यमा पनि ग्राहकहरूको अपेक्षा पूरा गर्दै आफ्नो दायित्व कायम राख्ने प्रतिबद्धता जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्