काठमाडौँ । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि दरखास्त आह्वान गरेको छ ।
यातायातले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको हो । साझा यातायातको सिइओ पदमा आवेदन दिन चाहनेले २१ दिनभित्र दरखास्त बुझाउनुपर्नेछ ।
सिइओका लागि आवेदन दिन मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, कानून, अर्थशास्त्र, वाणिज्यशास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरह शैक्षिक उपाधि हासिल गरेर हुनुपर्नेछ ।
साथै कुनै सरकारी सेवा वा प्रचलित कानून मबोजिम दर्ता भएको संगठित संस्था वा अन्तराष्ट्रिय संघसंस्थाको अधिकृत स्तरमा कम्तीमा राजपत्रांकित द्वितीय श्रेणी वा दशौँ तह वा सो सरह पदमा सात वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ । दरखास्त दिनेको उमेर ३५ वर्ष पूरा भएको र दरखास्त दिने अन्तिम मितिसम्म ६३ वर्ष ननाघेको हुनुपर्ने यातायातले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्