×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सद्वारा विपन्न वर्गलाई न्यानो कपडा वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

समृद्धि फाइनान्सद्वारा विपन्न वर्गलाई न्यानो कपडा वितरण

Artha Sarokar

२६ पुष २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समृद्धि फाइनान्सले विपन्न वर्गलाई न्यानो कपडा वितरण गरेको छ । फाइनान्सले पुष २५ गते बिहीबार कसहा शाखाबाट न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत शाखा कार्यालय आसपासको धनगढीमाइ नगरपालिका ६, ७ र ८ का अति विपन्न, असहाय जेष्ठ नागरिकहरूलाई फाइबर सिरक वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा धनगढीमाइ नगरपालिका वडा नं. ६ का अध्यक्ष भगलु महतो, वडा नं. ७ का अध्यक्ष बिजय कुमार महतो, वडा नं. ८ का अध्यक्ष रामभरोश महतो, पद्मोदय फाउन्डेसनका सचिव राजकुमार महतो, नेपाल रेडक्रस सोसाइटी शाखा धनगढीका अध्यक्ष गङाराम यादव साथै वडा सदस्यहरूको उपस्थिति रहेको थियो ।

साथै, यस्ता कार्यक्रमले स्थानीय न्यून आय भएका जनतालाई जाडोमा ठूलो राहत पुगेकोले फाइनान्सलाई उपस्थित सबैले धन्यबाद दिएका थिए ।

कसहाका शाखा प्रबन्धक प्रदीप महतोले कार्यक्रममार्फत २५ जना अति विपन्न र असहाय जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी