Skip to content
LAXMI SUNRISE BANK

सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

अर्थ सरोकार

काठमाडौँ । सिन्धु विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी वार्षिक कार्ययोजना अन्तर्गत शाखा कार्यालय हेटौँडाको आयोजनामा माघ ९ गते हेटौंडा उपमहानगरपालिका ८ कमानेमा अवस्थित श्री चन्द्रोदय माध्यामिक विद्यालयमा र शाखा कार्यालय पालुङ्गको आयोजनामा माघ १० गते थाहा न.पा. ३ घट्टेचौर अवस्थित श्री जनकल्याण माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

श्री चन्द्रोदय माध्यामिक विद्यालयका कक्षा ११ तथा १२ का गरी जम्मा ८० विद्यार्थीको उपस्थिति रहेको थियो भने जनकल्याण माध्यामिक विद्यालयका कक्षा ११ तथा १२ का गरी जम्मा ६५ विद्यार्थीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवा लगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र रहेको सिन्धु विकास बैंकको जम्मा २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK