काठमाडौँ । सिन्धु विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी वार्षिक कार्ययोजना अन्तर्गत शाखा कार्यालय हेटौँडाको आयोजनामा माघ ९ गते हेटौंडा उपमहानगरपालिका ८ कमानेमा अवस्थित श्री चन्द्रोदय माध्यामिक विद्यालयमा र शाखा कार्यालय पालुङ्गको आयोजनामा माघ १० गते थाहा न.पा. ३ घट्टेचौर अवस्थित श्री जनकल्याण माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
श्री चन्द्रोदय माध्यामिक विद्यालयका कक्षा ११ तथा १२ का गरी जम्मा ८० विद्यार्थीको उपस्थिति रहेको थियो भने जनकल्याण माध्यामिक विद्यालयका कक्षा ११ तथा १२ का गरी जम्मा ६५ विद्यार्थीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवा लगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र रहेको सिन्धु विकास बैंकको जम्मा २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्