काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा छुटेका छन् । काठमाडौँको कालिमाटीस्थित उक्त सहकारी ठगी प्रकरणमा पक्राउ परेका सञ्चालक समिति सदस्य कमल लामा र लेखा समिति सदस्य सुनिता नेवा धरौटीमा छुटेका हुन् ।
उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीका अनुसार लामा धरौटी बापत तीन लाख र सुनिता चार लाख रुपैयाँ धरौटी तिरेर छुटेका हुन् । मङ्गलबार जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो ।
उक्त सहकारीमा भएको ठगी प्रकरणमा आइतबार रवि लामिछाने र जीबी राईसहित ३९ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । सहकारीमा ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना भएको आरोप छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्