काठमाडौँ । गायिका समीक्षा अधिकारीले श्री एयरलाइन्सविरुद्ध आक्रोश पोखेकी छिन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै अधिकारीले श्री एयरलाइन्सविरुद्ध आक्रोश पोखेकी हुन् ।
अधिकारीले श्री एयरलाइन्सले यात्रुहरुलाई एयरपोर्टमा अलपत्र पारेको भन्दै आक्रोश पोखेकी छिन् । मौसम खराबीका कारण उडान प्रभावित हुनु स्वभाविक भए पनि एयरपोर्ट सञ्चालन भइसकेको अवस्थामा पनि बिहान ८ बजेको प्लेन २ बजेसम्म पनि नउडेको भन्दै अधिकारीले आक्रोश व्यक्त गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो, तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ । अन्य एयरलाइन्सले धमाधम प्लेन उडाईरहेका छन् ।’
त्यस्तै, उनले श्री एयरलाइन्सकै कारण केही दिनअघि आफूले नेपालगञ्जको कार्यक्रम छुटाउनुपरेको भन्दै यस्तो घटना कि अन्य एयरलाइन्स कम्पनीसँग कमिसन खाने कर्मचारीले घटाउने, नभए श्री एयरलाइन्सको काम नभएको पनि उल्लेख गरेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्