काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको हो ।
समितिले सर्टलिस्टमा परेका ५ जनाको अन्तर्वार्ता र प्रस्तुतिकरणपछि अन्तिम ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । सिफारिसमा परेका ३ जनामध्ये एकजनालाई मन्त्रिपरिषद्ले बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ ।
सम्भवतः आजै बस्ने मन्त्रिपरिषद्को बैठकले अध्यक्ष नियुक्त गर्ने स्रोतको दाबी छ । वरियतामा हिसाबले सिफारिसको पहिलो नम्बरमा परेका ओझा अध्यक्ष बन्ने सम्भावना प्रबल रहेको चर्चा राजनीतिक वृत्तमा छ । उनी पूर्व पत्रकारसँगै कानून व्यवसायी समेत हुन् ।
यता वरियतामा दोस्रो नम्बरमा परेका कृषि विकास बैंकका अध्यक्ष पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् भने बसौला स्वास्थ्य बीमा बोर्डका पूर्व अध्यक्ष हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्