काठमाडौँ । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको अवसरमा एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ । यस विशेष योजनामा ग्राहकहरूले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्न सक्नेछन् भने २५ जना भाग्यशाली ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने मौका पाउने छन् ।
यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध विशेष अफर भएको कम्पनीले जनाएको छ । अफरअन्तर्गत, भ्यालेन्टाइन डेका दिन एनसेल एपमा फ्ल्यास सेलमा रहेका डेटा प्याकहरू खरिद गर्ने प्रत्येक ग्राहकले प्याकअनुसार १ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा र ५० मिनेट अन-नेट टक टाइम प्राप्त गर्नेछन् । साथै, फ्ल्यास सेल प्याक खरिद गर्ने सबै ग्राहकहरूले मार्च ८ सम्म न्यूम्यू उत्पादनहरूमा २० प्रतिशत छुट पाउनेछन् ।
अफरको फाइदा लिन ग्राहकहरूले आफ्नो मोबाइलमा एनसेल एप डाउनलोड गर्नुपर्नेछ । फेब्रुअरी १४ मा ग्राहकहरूले एनसेल एपको फ्ल्यास सेलमा गई त्यहाँ रहेका आठ प्याकहरू मध्ये आफ्नो डेटा आवश्यकताअनुसार कुनै पनि प्याक खरिद गर्न सक्नेछन् । सुचीमा १ दिन समयावधि रहेको रु. ५० को अनलिमिटेड डेटा देखि ३० दिन समयसीमा रहेको रु. १,४९९ सम्मको प्याकहरु रहेका छन् ।
भ्यालेन्टाइन डे फ्ल्यास सेल अफरले ग्राहकहरूलाई अझ सुलभ शुल्कमा डेटा कनेक्टिभिटीको फाइदा दिने र आफूले माया गर्ने व्यक्तिका साथै आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहीरहन महत्वपूर्ण भुमिका खेल्ने विश्वास एनसेलले लिएको छ । यो भ्यालेन्टाइन डे विशेष अफरका अतिरिक्त, ग्राहकहरूले प्रत्येक शनिबार एनसेल एपको फ्ल्यास सेल सेक्सनमा गएर त्यहाँ उपलब्ध हुने प्याकहरू लिई र बोनस डेटा तथा टक टाइमको फाइदा लिन सक्नेछन् ।