×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपालमा युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध

Artha Sarokar

९ फाल्गुन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालमा युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपियन कम्पनी एयरबसको हेलिकप्टर आयातमा प्रतिबन्ध लगाएको हो ।

एउटै कम्पनीका मात्रै नभई फरक फरक कम्पनीको जहाज ल्याउन प्रोत्साहन गर्ने नीति अनुसार यस्तो निर्णय गरेको प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ ।

हाल नेपालका अधिकांश एयरलाइन्स कम्पनीहरूले एयरबसको हेलिकप्टर र युरोपेली जहाज निर्माता कम्पनी एटिआरको जहाज उडाइरहेका छन् । अर्कोतर्फ एयरबस कम्पनीका एयरक्राफ्टमा प्राविधिक रुपमा कैफियत देखिएको पनि प्राधिकरणले जनाएको छ । 

युरोपियन युनियनले नेपालको उड्डयनलाई विगत एक दशकदेखि कालोसूचीमा राख्दै आएको छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले कालोसूचीबाट हटाउँदा पनि इयूले नहटाएपछि एयरबसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी