काठमाडौँ । समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । फाइनान्सको खरेन्द्रपुर शाखाले माघ २४ गते कपिलवस्तुको शिवराज नगरपालिका-१० मा कृषक समूहलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रममा ३५ जना स्थानीय सहभागी भएका थिए । कार्यक्रममा नयाँ खाता खोल्ने क्रममा राष्ट्रिय परिचय पत्रको अनिवार्यता र अन्य महत्वपूर्ण जानकारीहरू प्रदान गरिएको थियो ।
साथै, सहभागीहरूलाई बैंकिङ सेवाहरू र वित्तीय संस्थाहरूका बारेमा आवश्यक जानकारी दिने उद्देश्यले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित एक अन्तरक्रियात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य कृषक समुदायलाई वित्तीय साक्षरता अभिवृद्धि गर्नु र उनीहरूलाई वित्तीय सेवाको महत्व र उपयोगिताबारे सचेत पार्नु रहेको कम्पनीले जनाएको छ ।