×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक सञ्जाललाई दर्ता हुन पुनः आग्रह, दर्ता नभए बन्द हुने ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सामाजिक सञ्जाललाई दर्ता हुन पुनः आग्रह, दर्ता नभए बन्द हुने ! 

Artha Sarokar

२२ माघ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरुलाई नेपालमा दर्ता हुन दोस्रो पटक आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्महरुलाई दर्ता हुन आग्रह गरेको हो । 

मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न भन्दै सामाजिक सञ्जाल प्लेटफर्महरुलाई दर्ता हुन आग्रह गरेको हो । मन्त्रालयले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न भनेको छ । 

यसो गर्दा अनलाइन प्लेटफर्महरुको जिम्मेवारी बढाउनुका साथै डिजिटल स्पेसलाई सुरक्षित र मर्यादित बनाउन मद्दत गर्ने सरकारले विश्वास गरेको छ । सामाजिक सञ्जाल प्लेटफर्महरुलाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ को प्रावधानअनुसार दर्ता हुन आह्वान गरिएको मन्त्रालयले जनाएको छ । 

उक्त निर्देशिकामा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्नुपूर्व अनिवार्य दर्ता हुनुपर्ने, आपत्तिजनक सामाग्रीको निगरानी र हटाउने प्रक्रिया सुनिश्चित गर्नुपर्ने, प्रयोगकर्ताहरुको गोपनीयता र डाटाहरु सुरक्षामा विशेष ध्यान दिनुपर्ने लगायतका प्रावधानहरु उल्लेख छन् । 

हाल सरकारले विभिन्न सामाजिक सञ्जालहरुलाई दर्ता हुन आह्वान गरेको छ । तर, पटकपटक आह्वान तथा सूचना जारी गर्दा पनि सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध गर्न सकिने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी