काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र बुझाउन गएको काठमाडौँ महानगरको टोली पत्र नबुझाई फर्किएको छ । आइतबार बिहान जरिवानाको पत्र बुझाउन गएको महानगरको टोली पत्र नबुझाई फर्किएको हो ।
पूर्वराजा शाहले जरिवानाको पत्र बुझ्न अस्वीकार गरेपछि टोली त्यसै फर्किएको महानगरका एक प्रहरीले बताएका छन् ।
‘प्रदर्शनका क्रममा भएको फोहोर र सार्वजनिक सम्पत्तिमा पुगको क्षतिबापतको जरिवानाका लागि पत्र लिएर निर्मल निवास गएका थियौँ ।’, ती नगर प्रहरीले भने, ‘तर पूर्वराजाले पत्र लिन अस्वीकार गरेपछि त्यसै फर्कियौँ ।’
निर्मल निवास पुगेको नगर प्रहरीको टोलीलाई गेट बाहिरैबाट फर्काइएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । यद्यपि नगर प्रहरीलाई निर्मल निवास प्रवेशमा रोक लगाएका एकजनाले ‘आफैँ आउँछौँ’ भनेको उक्त भिडियोमा सुनिन्छ । पूर्वराजाले किन पत्र लिन अस्वीकार गरे ? भन्ने विषय अझै खुलिसकेको छैन । महानगरपालिकाले फोहोर र तोडफोडको मूल्याङ्कन गरी पूर्वराजा शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेर पत्र काटेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्