Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, प्रतितोला कति ?

अर्थ सरोकार

काठमाडौं । सुनको मूल्यले रेकर्डमाथि रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६ सय रुपैयाँले बढेर एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला २०२५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ५१ हजार ५ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १७३६ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK