काठमाडौँ । रुकुममा प्रेमीलाई ‘इम्प्रेस’ गर्न नापी कार्यालयको डिजिटल बोर्ड ह्याक गरिएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइन बोर्ड ह्याक गरिएको हो ।
कार्यालयको डिजिटल साइन बोर्ड ह्याक गरेर ‘आई लभ यू प्रमिला’ लेखिएको थियो । नापी कार्यालयको नाम हटाएर ह्याकरले ‘आई लभ यू प्रमिला, आई रियल्ली लभ यु’ लेखेको देखेपछि तुरुन्त बोर्ड अफ गरिएको कार्यालयले जनाएको छ ।
बोर्ड ह्याक भएको विषयमा अनुसन्धान भइरहेको नगरपालिकाले जनाएको छ । पछिल्लो समय देशभर सरकारी कार्यालयका डिजिटल बोर्ड ह्याक गर्ने प्रवृत्ति बढेका छन् । केही समयअघि पनि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको बोर्ड ह्याक गरेर कार्यालयको नाम हटाएर प्रेम प्रस्ताव राखिएको थियो ।
केही दिनअघि मात्रै नेपाल विद्युत प्राधिकरण र अन्य सार्वजनिक संस्थानको बोर्ड ह्याक गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धका नारा ‘डिस्प्ले’ गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्