Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता, ग्राहकहरुलाई विशेष छुट

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बालुवाटार काठमाडौँस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लि. बीच छुट सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिँदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआइ, एक्स-रे, म्यामोग्राम, अल्ट्रासोनोग्राफी, युएसजी कलर डपलर, बोन मिनिरल डेनसिटि टेस्ट, डेन्टल अर्थोप्यान्टोमोग्राम र कोन बिम कम्प्युट टेमोग्राफी, इको कार्डियोग्राफी, इलेक्ट्रो कार्डियोग्राममा ५ प्रतिशत तथा फार्मेसीमा ५ प्रतिशत देखि १० प्रतिशतसम्मको छुट दिने सम्झौता भएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK