काठमाडौँ । सर्वोच्च अदालतले पाथिभरा केबलकार निर्माणको काम रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । याम बहादुर लिम्बू लगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
तर, रिटमाथि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई चैत २६ गते बोलाएको छ ।
रिट निवेदनमा उल्लेख गरिएको विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्न उपयुक्त हुने सर्वोच्च अदालतको निष्कर्ष छ ।
सोही विषयको छलफलका लागि अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई चैत २६ गते छलफलमा बोलाएको छ । लिम्बू लगायतको टोलीले पाथिभरामा केबलकार निर्माण गर्न नहुने भन्दै निर्माणको निर्णय र काम रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्