Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी (सुचनासहित)

अर्थ सरोकार

काठमाडौँ । कृषि विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै ११८ जना कर्मचारी माग गरेको हो ।

बैंकले एक जना शाखा अधिकृत, ४८ जना व्यवसाय अधिकृत, तीन जना एमआईएस (व्यवस्थापन सूचना प्रणाली) अधिकृत, एक जना कानून अधिकृत, एक जना कम्प्युटर अधिकृत, पाँच जना कर्जा अधिकृत, ३५ जना लेखपाल मधेश प्रदेशका लागि, १५ जना लेखपाल बागमती प्रदेशका लागि र ९ जना लेखपाल लुम्बिनी प्रदेशका लागि गरी कुल ११८ जना कर्मचारी माग गरेको छ ।

तलब, भत्ता तथा सुबिधा बैंकको प्रचलित नियम अनुसार दिइने बैंकको सुचनामा उल्लेख छ ।

उक्त पदमा जागिर खान इच्छुक तथा योग्यता पुगेका व्यक्तिले आगामी बैशाख ११ गतेसम्म तथा दोब्बर दस्तुरमा बैशाख १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस्तो छ बैंकले जारी गरेको सूचना:

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK