काठमाडौँ । प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक सम्झौता भएको छ। बैंक र पोखरा महानगरपालिका वडा नं ९ शान्ति बन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच वैशाख १ गते व्यवसायिक सम्झौता सम्पन्न भएको हो ।
कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट बिक्री वितरण भइरहदा दैनिक हुने आर्थिक कारोबारलाई सहज बैंकिङ पहुँच सहित डिजिटल माध्यममा रूपान्तरण गरी व्यवसायिक कारोबारमा सहजिकरणको उद्देश्यलाई प्रभु बैंक लिमिटेड र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा कृषि बजार व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडीले बैंकप्रति आभार प्रकट गर्दै यो सम्झौताले समिति मातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोबारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानाले यो सम्झौताले डिजिटल सेवा मार्फत कृषि बजारको आर्थिक कारोबारमा सहजीकरण हुने विश्वास व्यक्त गरेका छन् । उक्त सम्झौताले पोखरा महानगरपालिका वडा नं ९ शान्ति बन वाटिकास्थित कृषि बजार व्यवस्थापन समिति अन्तर्गत सञ्चालित व्यवसायीहरूलाई दैनिक कारोबार नगद रहित बनाउने उद्देश्यका साथ क्यूआर कोड, डिजिटल भुक्तानी तथा कारोबारका लागि आवश्यक इन्टरनेट सेवा बैंकले उपलब्ध गराउनेछ ।
साथै, व्यवसाय विस्तारका लागि प्रभु बैंकले बैंकको व्यवसायीहरूको आवश्यकतालाई मध्यनजर गर्दै बैंकको नियमानुसार कर्जा सुविधा पनि उपलब्ध गराउनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्