काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (वर्दघाट सुस्ता पुर्व) जिल्ला मध्यविन्दु नगरपालिका वडा नं. ११ घर भई हाल टोखा नगरपालिका भण्डारी टोल बस्ने ४२ वर्षीय डान्स बहादुर उचै र सर्लाही जिल्ला लालबन्दि नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर लोकन्थली बस्ने २३ वर्षीय सुमन राना रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले चैत ३१ गते पक्राउ गरेको हो । पक्राउ परेका उचैले १ जनालाई अमेरिका पठाउने भन्दै १० लाख रुपैयाँ ठगी गरेका थिए ।
प्रहरीका अनुसार उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै रकम लिएर सम्पर्कविहिन हुँदै आएका थिए । पीडितहरुले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल भने उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।