Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट अस्पतालमा जथाभावी फोहोर, महानगरले तिरायो ५० हजार जरिवाना 

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एभरेष्ट अस्पताललाई कारवाही गरेको छ । हानिकारक फोहोरको व्यवस्थापन नगरेको भन्दै महानगरले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई कारवाही गरेको हो । 

कारवाहीस्वरुप महानगरले अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । सो निर्णयसहितको पत्र अस्पताललाई पठाएको महानगरले जनाएको छ । 

हानिकारक फोहोरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाईसमेत बेवास्ता गरेपछि महानगरको वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७ बमोजिम जरिवाना तिराउने निर्णय गरिएको महानगरले जनाएको छ ।

यसो त महानगरले एभरेष्ट अस्पताललाई यसभन्दा अघि पनि फोहोर व्यवस्थापन गर्न सचेत गराएको थियो । तर, महानगरको निर्देशन बेवास्ता गरेको पाइएपछि कारवाहीस्वरुप जरिवाना तिराइएको महानगरले जनाएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK