काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २१ कम्पनीको एक करोड ६४ लाख ३ हजार ४ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचरको भएको छ । यस कम्पनीको ५९ करोड १४ लाख ४२ हजार ५ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, मंगलबारको बजारमा बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आज बोटलर्ससहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, बाराही हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्