काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३.८३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ९ अर्ब ३७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५८ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबारको बजारमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज समाज लघुवित्तसहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।