काठमाडौँ । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । भविष्यमा पैचो पसलले जारी गर्ने आईपीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको हो ।
क्यापिटलले ‘आइडिया टू आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
सोही सेवा अन्तर्गत सुख्खानगर बुटवलमा रजिष्ट्रार कार्यालय रहेको पैचो पसल प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
पैचो पसल प्रालि कृषि सम्बन्धि कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रमा उत्पादन भएको तरकारीहरुलाई उच्च गुणस्तर कायम गरी उपभोक्ता माझ पुर्याउँदै आएको छ । पैचो पसलले केचप, अचार तथा जाम जस्ता खाद्य परिकारहरु उत्पादन तथा प्याकेजिङ्ग गरी बिक्री वितरण गर्दै आइरहेको छ ।
पैचो पसल केवल खाद्य कम्पनी मात्र नभई, बीउ बिजन उत्पादन देखी उत्पादित बस्तु बजारसम्म किसानहरूसँग सहकार्य गर्दै ग्रामीण भेगमा बसोबास गर्ने समुदायहरूको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान पुर्याउन सफल भएको छ । कम्पनीले प्राविधिक परामर्श, व्यवस्थापन, र बजार पहुँच सुनिश्चितता गर्दै कृषकहरुलाई खेतमै मात्र नभई खेतबाहिर पनि जीवनयापनका अवसरहरू सिर्जना गरिरहेको छ ।
आगामी दिनमा सर्वसाधारणहरुमा सेयर जारी गरी कम्पनीको व्यवसाय थप प्रभावकारी रुपमा विस्तार गर्ने लक्ष्य लिएको पैचोले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्