काठमाडौँ । लुक्लाबाट रामेछाप उडेको सीता एयरको जहाजको हाइड्रोलिक फेल भएको छ । बुधबार बिहान लुक्लाबाट उडेको उक्त जहाजको हाइड्रोलिक फेल भएको हो ।
९एन एआईई कलसाइनको डोर्नियर जहाजको हाइड्रोलिक फेल भएपछि पाइलटले प्राविधिक समस्याको जानकारी गराउँदै काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए ।
१४ जना यात्रु बोकेर आएको उक्त जहाज काठमाडौँमा सकुशल अवतरण भएको छ । अवतरणपछि जहाजलाई ट्याक्टरले तानेर पार्किङ स्थल पुर्याएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एक अधिकारीले जानकारी दिएका छन् ।
ती अधिकारीका अनुसार जहाजको अवस्था हेरेर सम्पूर्ण तयारी पूरा गरेपछि आकस्मिक अवरतणको अनुमति दिइएको थियो । हाल उक्त जहाजको प्राविधिक जाँच भइरहेको बताइएको छ ।