×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चको फैसला, दुई अस्पतालको बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चको फैसला, दुई अस्पतालको बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश

Artha Sarokar

९ बैशाख २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंका दुई वटा अस्पतालको बैंक खाता फुकुवा गर्न आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले प्रसाईंको बिएण्डसी मेडिकल टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र पूर्वाञ्चल क्यान्सर हस्पिटलको बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

हाल प्रसाईं जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । तीनकुने घटनामा मुख्य दोषीका रुपमा प्रसाईंलाई भारतको आसामबाट पक्राउ गरेर ल्याइएको थियो । 

प्रसाईंलाई पक्राउ गरेर उनीमाथि अनुसन्धान सुरु गरेसँगै प्रसाईं सञ्चालक रहेको दुवै अस्पताललाई कालोसूचीमा राखेर अस्पतालको बैंक खाता पनि रोक्का गरिएको थियो । तर, बैंक खाता नै रोक्का हुँदा कारोबार गर्न नपाएको भन्दै अस्पतालकी अपरेसन डाइरेक्टर अञ्जली कार्कीले बैंक खाता फुकुवा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सो रिटमा कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित १४ जनालाई विपक्षी बनाएकी थिइन् । सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रसाईं सञ्चालक रहेको दुवै अस्पतालको बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ । 

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी