काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्षको गरिमामय यात्रा पुरा गरी १७ औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले १५ वर्षभन्दा बढी अवधि काम गरेका २१ जना कर्मचारीलाई सम्मान गरेर वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रममा कम्पनीका अध्यक्ष, संचालकहरु, निवर्तमान संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन लगाएत विभागीय प्रमुखहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीको बलियो वित्तिय अवस्था, विश्वसनीयता र हासिल गरेका सूचांकहरुको उन्नति र उत्कृष्टताको लागि आभार प्रकट गर्दै सदैव कम्पनीले अवलम्वन गरेका नविनतम प्रबिधि, समय सापेक्ष ग्राहकमैत्री सेवाहरु प्रती प्रतिबद्ध रहि आगामी दिनहरुमा पनि कम्पनीको गरिमा र साख वृद्धि गर्दै अझ बृहत र अझ विशाल बनाउने यात्रामा निरन्तर अघि बढ्ने प्रण गर्दै सम्पूर्ण शुभेच्छुक तथा सरोकारवालाहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे ।
खत्रीले कर्मचारीहरुको हकहित, सिप तथा व्यक्तित्व विकास नै कम्पनीको प्रमुख प्राथमिकतामा रहेको र सूर्यज्योतिमा कर्मचारीहरुले एउटा पारिवारिक वातावरणको अनुभव गर्न पाउने बताए ।
साथै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, नवीनतम सेवामा विस्तार गर्ने, कम्पनीको सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए। कम्पनीले यो आर्थिक वर्ष २०८१/८२ अन्त्य सम्ममा हाल सम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य लिएको खत्रीले प्रष्ट पारे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्