काठमाडौँ । आज नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति नहुने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने भनिए पनि आज गभर्नरको नियुक्ति नहुने भएको हो ।
यसो त मन्त्रिपरिषद्को बैठक सोमबार दिउँसो बस्ने तय भएको थियो । त्यसअघि गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको बैठक बस्ने र गभर्नरका लागि मन्त्रिपरिषद्मा नाम सिफारिस गर्ने भनिएको थियो ।
तर, सिफारिस समितिको बैठक नै बस्न नसकेपछि मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिको एजेण्डा प्रस्तुत नगरिएको एक मन्त्रीले बताएका छन् । ती मन्त्रीका अनुसार बैठकमा एजेण्डा नै पेश नभएपछि आजको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिको निर्णय नगर्ने भएको छ ।’
‘हुन त आजैको मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्त गर्ने भनिएको थियो । तर बैठकअघि बस्ने भनिएको सिफारिस समितिको बैठक नै बस्न सकेन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती मन्त्रीले भने, ‘त्यसैले आज मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिको विषयमा कुनै पनि निर्णय नहुने भएको छ ।’