×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लेखा व्यवसायीको चौँथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु हुने 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लेखा व्यवसायीको चौँथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु हुने 

Artha Sarokar

२५ चैत्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लेखा व्यवसायीको चौँथो राष्ट्रिय सम्मेलन मंगलबार (चैत २६) देखि सुरु हुने भएको छ । कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको सम्मेलन मंगलबारदेखि सुरु हुने भएको हो ।  

सम्मेलनको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) हो । आयोजकका अनुसार सम्मेलनमा लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगीबीच कर प्रणाली र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण विषयमा अन्तरक्रिया हुनेछ । सम्मेलन दुई दिनसम्म चल्नेछ । 

सम्मेलनमा पाँच प्राविधिक तथा दुई पुरकसहित कुल ७ सत्र सञ्चालन हुँदैछन् । कर प्रणाली र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणका लागि गहन छलफलमार्फत उपयुक्त नीति निर्माण, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको आईक्यानले जानकारी दिएको छ ।

आईक्यानका अनुसार सम्मेलनमा सञ्चालन हुने ७ सत्रमा ३५ वक्ता सहभागी हुनेछन् भने ४ जनाले प्रस्तुती दिनेछन् । पाँच जना अन्तर्राष्ट्रिय प्रतिनिधि समेत उपस्थित हुनेछन् भने सम्मेलनमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गरी करिब एक हजारको सहभागिता रहने अनुमान गरिएको छ ।

मंगलबार हुने सम्मेलनको उद्‌घाटन कार्यक्रमलाई अर्थमन्त्री विष्णु पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, डेपुटी महालेखा परीक्षक बामदेभ शर्मा अधिकारी र दक्षिण एसियाली लेखा महासंघ अध्यक्ष अशाफाक युसुफ तोला समेत उपस्थित रहने बताइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी