काठमाडौँ । शिक्षकहरुले आन्दोलनमा घुसपैठ भएको बताएका छन् । शान्तिपूर्ण रुपमा भइरहेको आन्दोलनमा सरकारले घुसपैठ गराएको शिक्षकहरुले आरोप लगाएका हुन् ।
पछिल्लो २५ दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहँदा माग पूरा गर्न नसकेको सरकारले आन्दोलन भड्काउन घुसपैठ गराएको शिक्षकहरुको आरोप छ ।
आइतबार आन्दोलनमा घुसपैठ गराएर आन्दोलन बिथोल्ने प्रयास गरे पनि शिक्षकहरुले आन्दोलन नछोड्ने अडान लिएका छन् । बरु भोलि यो भन्दा तीन गुणा शिक्षक आन्दोलनमा भेला हुने शिक्षक महासंघले जनाएको छ ।
आइतबार प्रहरी र शिक्षकबीच दोहोरो झडप हुँदा १५ जना भन्दा धेरै शिक्षक घाइते भएका छन् । हाल घाइते शिक्षकहरुलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ । आन्दोलनमा झडप हुँदा प्रहरीले शिक्षकहरुलाई तितरबितर पार्न पानीको फोहोरा प्रहार गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्