काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्ड (पीसीआई-डीएसएस भी४.०.१) मा प्रमाणीकरण भएको छ । नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई-डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको हो ।
नेटवर्क इन्टेलिजेन्स पीसीआई सेक्युरिटि स्टान्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटि असेसर (क्यूएसए) हो । यो निजी संस्थाले कार्डको सुरक्षासम्बन्धी विषयहरु मुल्यांकन गर्ने गर्दछ ।
नेटवर्क इन्टेलिजेन्सबाट कार्डको सुरक्षासम्बन्धी मूल्याङ्कन र पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित हुने बैंकले जनाएको छ । बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको जनाएको छ ।
प्रयोगकर्ताको डाटा सुरक्षामा बैंकले निरन्तर प्रयास जारी राख्नुका साथै आफ्नो प्रतिवद्धतालाई स्वतन्त्ररुपमा प्रमाणित गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्