काठमाडौँ । चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको १२औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सहकारीको उक्त कार्यक्रम भरतपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न सहकारी संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
समारोहको अध्यक्षता संघका अध्यक्ष भिष्म प्रसाद खनालले गरेका थिए । प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी रहेका थिए भने दुग्ध विकास बोर्ड बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष हरि प्रसाद पौडेल विशिष्ठ अतिथि थिए । कार्यक्रममा अतिथिका रुपमा जिल्ला सहकारी संघ चितवनका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइराला, दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले तथा चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघका संस्थापक एवम् निवर्तमान अध्यक्ष दिनेश कुमार चुके लगाएतको उपस्थिती थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले सहकारीले गाउँघरको आर्थिक रुपान्तरणमा खेलेको भूमिकाको चर्चा गर्दै अहिलेको आवश्यकता उत्पादनमा आधारित सहकारी अभियान हो भन्दै संघजस्तो छाता संस्था यस दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
त्यस्तै, विशिष्ठ अतिथि दुग्ध विकास बोर्ड बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष हरि प्रसाद पौडेलले सहकारीका माध्यमबाट दुग्ध, कृषिजन्य उत्पादन, उपभोक्ता सेवा लगायत क्षेत्रमा सशक्त हस्तक्षेप गर्न सकिने उल्लेख गर्दै सहकारीले कृषिमा लगानी बढाउन सकेमा रोजगारी सिर्जना र आय वृद्धिमा ठूलो टेवा पुग्ने स्पष्ट पारे।
चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष खनालले संस्थाको विगतको यात्रा र भविष्यको योजना प्रस्तुत गर्दै सबै सदस्य संस्थाहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दै संघ संस्थाबीच समन्वय, पारदर्शिता र उत्तरदायित्वको भावना अझै सुदृढ गर्न आवश्यक रहेको धारणा राखे ।
जिल्ला सहकारी संघ चितवनका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडीले सहकारीबीच समन्वयका लागि संघको भूमिका झनै सक्रिय हुनुपर्ने बताए भने बचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइरालाले ऋण प्रवाह र असुली दुवै पक्षमा सहकार्य आवश्यक रहेकोमा जोड दिइन । दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगालेले सहकारीहरुको उत्पादनजन्य क्रियाकलापमा सहकार्यको वातावरण बनाउनु पर्ने धारणा राखे ।
चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघका संस्थापक एवम् निवर्तमान अध्यक्ष दिनेश कुमार चुकेले संघको प्रारम्भदेखि वर्तमानसम्मको यात्रालाई स्मरण गर्दै सहकारी आन्दोलनलाई संस्थागत गर्नका लागि सबै तहबाट लगनशीलता आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा ऋण असुलीसम्बन्धी प्रभावकारी तालिम पनि आयोजना गरिएको थियो। राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक नवकुमार अधिकारीले सहकारी संस्थामा व्यावसायिकता, ऋणी वर्गीकरण, जोखिम व्यवस्थापन र रिकभरी रणनीतिबारे सहभागीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए।
त्यस्तै, बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रतिनिधि बुद्धिराज गुरुङले चितवनमा सहकारी आन्दोलनको सुरुवात कसरी भयो भन्ने विषयमा ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै सहकारी प्रणालीलाई स्थानीय आवश्यकता र समृद्धिको मूल आधारका रूपमा लिनुपर्नेमा जोड दिए।
कार्यक्रम समापनतर्फ अध्यक्ष खनालले सबै अतिथि, सहभागी तथा सदस्य संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझ परिणाममुखी कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्