काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को विशेष साधारणसभा सम्पन्न भएको छ। वैशाख २६ गते (शुक्रबार) काठमाडौँस्थित ‘ग्लोबल कलेज अफ म्यानेजमेन्ट’ मा एक्यानको विशेष साधारणसभा सम्पन्न भएको हो।
सभामा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी पनि उपस्थित रहेका थिए। सभामा जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशन अनुसार संघको विधानमा आवश्यक संशोधन र विविध विषयमा छलफल भएको थियो। सोही अवसरमा एक्यानका अध्यक्ष अरुण राउतले संघको आगामी योजनाबारे जानकारी गराउँदै सदस्यहरूको सक्रिय सहभागिता र व्यावसायिक उन्नतिको लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एक्यानले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी, नबिल बैंकका कामु सीईओ मनोज कुमार ज्ञवाली, कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली, आकाश भैरव सेक्युरिटिजका प्रबन्ध निर्देशक महेश खनाल, सिटिजन्स सेयर ब्रोकर लिमिटेडका सीईओ मनिष अर्याललाई सम्मान गरेको थियो।
यता वित्तीय प्रवर्तक सिए अनुपमा सङ्ग्रौला, अनलाइन सेक्युरिटिज लिमिटेडका सीईओ विशाल अग्रवाल, एनआइएमबि सेक्युरिटिज लिमिटेडका सीईओ सन्दिप कुमार दाहाल, सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सिए प्रदिप सिग्देल, हातेमालो सेक्युरिटिज लिमिटेडका सीईओ गणेश पोख्रेल, मियो सेक्युरिटिज लिमिटेडका सीईओ सुमन मल्ल, एसपीएसए सेक्युरिटीज लिमिटेडकी सीईओ जेलीना कँडेल, सानिमा मिडल तमोर हाइड्रोपावरका जेनेरल मेनेजर सुदीप रोका, ओपल सेक्युरिटिज लिमिटेडका म्यानेजिङ डिरेक्टर ऋषिराम पौडेललाई पनि एक्यानले सभामा सम्मान गरेको थियो। बाँकी तस्वीरमा हेर्नुहोस्:







Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्