काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला संखरापुर नगरपालिका वडा नं. ४ ३७ वर्षीय राजिन स्याङ्तान रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले बौद्धबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले आकर्षक तलबको प्रलोभनमा पारेर पीडितबाट ३ लाख ७५ हजार ठगी गरेर सम्पर्क विहीन भएका थिए ।
हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।