×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलले ल्यायो साप्ताहिक रिन्यूअल प्याक संचालनमा, ९९ रुपैयाँमा अनलिमिटेड अल नेपाल कल गर्न मिल्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनसेलले ल्यायो साप्ताहिक रिन्यूअल प्याक संचालनमा, ९९ रुपैयाँमा अनलिमिटेड अल नेपाल कल गर्न मिल्ने

Artha Sarokar

७ जेष्ठ २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनसेलले तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू संचालनमा ल्याएको छ । सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै एनसेलले जेठ ६ गतेदेखि आफ्ना प्रिपेड ग्राहकहरूका लागि उक्त प्याकहरु संचालनमा ल्याएको हो ।

एक हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू संचालनमा ल्याइएको एनसेलले जनाएको छ ।

भ्वाइस प्याक अन्तर्गत, ग्राहकहरूले सात दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरहरुमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने अल नेपाल कल भ्वाइस प्याक कर सहित मात्र ९९ रुपैयाँमा लिन सक्नेछन् । हप्ताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले ९९ रुपैयाँमा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ अल नेपाल एसएमएस समावेश भएको सधैं अन प्याक लिन सक्नेछन् । यसैगरी डेटामात्र चाहने ग्राहकले १५० रुपैयाँमा १० जीबी उच्च गतिको मोबाइल डेटा सात दिनसम्म प्रयोग गर्न सक्नेछन् ।

यी प्याकहरूको प्रमुख विशेषता भनेको हरेक हप्ता प्याक आफै रिन्यु हुने व्यवस्था भएको कम्पनीले जनाएको छ । जसले ग्राहकलाई बारम्बार प्याकहरु लिनपर्ने झन्झटबाट मुक्त बनाउँछ । ग्राहकहरूले ८१२३८९३ डायल गरी, एनसेल एपमार्फत वा एनसेलका आधिकारिक खुद्रा विक्रेताहरूमार्फत यी प्याकहरू लिन सक्नेछन्  ।

ग्राहकहरुले आफ्नो आवश्यकताअनुसार सजिलै सेवाहरु रोजी झन्झटरहित रूपमा प्रयोग गर्न सकिने बनाउँदै नयाँ प्याकहरु संचालनमा ल्याउन पाउँदा कम्पनी उत्साहित भएको एनसेलले जनाएको छ । सेवाहरु निर्वाध रूपमा प्रयोग गर्न, प्रत्येक ७ दिनको रिन्यूअल अर्थात नविकरणको समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनु पर्ने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी