Skip to content
LAXMI SUNRISE BANK

मंगलबार १.०३ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ बिन्दुमा पुगेको हो

नेप्सेमा कुल ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर खरिद बिक्री हुँदा रू। ८ अर्ब ७४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सानिमा माई हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ९२ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK