×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट

Artha Sarokar

२९ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिद्धार्थ बैंक र लोमस डिजिटल प्रा. लि. बीच छुट सम्झौता भएको छ । लोमस डिजिटलले बैंकका ग्राहकहरुलाई व्हर्लपूल प्रडक्ट र किचन एड प्रडक्ट खरिदमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले उत्तरढोका, काठमाडौँस्थित लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

उक्त सेवाबारे थप जानकारीका लागि बैंकको २४सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी