काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो भएपनि मधेश प्रदेशका आठ जिल्लाहरूमा वर्षा हुन सकेको छैन् । समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ ।धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने यहाँका किसानहरूले पानीको अभावका कारण श्रावणको पहिले हप्तासम्म पनि रोपाइँ गर्न पाएका छैनन् ।
सुख्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले मधेशका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने श्रावण ७ गते बसेको नेपाल सरकारको मन्त्री परिषद् बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैनन् भने रोपाइँ गरी सकेका खेतहरू पनि धाँजा फाट्ने, धानका बीउ सुक्ने जस्ता समस्या किसानहरूले झेली रहनु परेको छ । त्यसो त हरेक वर्ष मलखादको अभाव झेल्नु परेको मधेशका किसानहरूले यो वर्ष भने सुख्खा र खडेरीका सामना गर्नु परेको छ । लक्ष्मीनीयाँ गाउँपालिका सोहनीसिनुरजोडा धनुषाका किसान बहादुर कवाडीका अनुसार पहिलेको वर्ष यो समयसम्म धान रोपाई सक्किसक्ने गरेकोमा यो पाली वर्षा भएन, नहरमा पानी आउँदैन त्यस कारण धानको बीउ पनि सुकी सक्यो, पम्प मोटर हुनेहरूले रोपाइँ गरे पनि धेरै गर्मीका कारण पम्प मोटरले खेतमा पानी हाल्दा पनि छिट्टै सुक्ने उनले बताए । स्थानीय सरकार र प्रदेश सरकारले यहाँका किसान र कृषिका लागि खाँदै ध्यान नदिएको उनको गुनासो छ ।
सोही गाउँका अर्का किसान विन्देश्वर रविदासले आफ्नो खेतमा भएको सुकेको पम्प देखाउँदै भने यो पम्प सुक्यो पानी परेको छैन त्यसैले खेती समयमै गर्न पाइएन । सो क्षेत्रमा सिँचाइका लागि कमला सिँचाइ आयोजना रहेपनि त्यो त्यति प्रभावकारी भने देखिएको छैन । सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ (नहरमार्फत) सुविधा सहित त्यहाँका ४० हजार घरपरिवार लाभान्वित भने उद्देश्य रहेपनि अहिले यो आयोजनाका अधिकांश पम्प सञ्चालनमा छैनन् । लोहारपट्टी नगरपालिका महोत्तरीका किसान श्रावण कुमार चौरासिया सुख्खा खेतमा रोपाइँ गर्दै मल पनि नपाउने, पम्पसेट पनि वितरण नगरिएको उनको गुनासो छ । नगरपालिकाले पम्पसेट वितरण गर्दा पनि आफूले नपाएको पैसा र पहुँच हुनेले मात्र पाउने उनले सुनाए । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्