Skip to content
LAXMI SUNRISE BANK

रिलायन्स स्पिनिङ्ग मिल्सको प्रोजेक्सन रिपोर्ट सर्टिफाई गर्ने चार्टर्ड एकाउन्टेन्टविरुद्ध पनि आइक्यानमा उजुरी, कारवाहीको माग !

अर्थ सरोकार

काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्सको प्रोजेक्सन रिपोर्ट सर्टिफाई गर्ने चार्टर्ड एकाउन्टेन्टविरुद्ध नियामक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)मा उजुरी परेको छ । पैसाको लोभमा मनपरी सर्टिफिकेसन गरेको भन्दै सिए अमन उप्रेती विरुद्ध आइक्यानमा उजुरी परेको हो ।

आइक्यानले समेत उनीविरुद्ध उजुरी परेको पुष्टि गरेको छ ।

यता अमन उप्रेतीले पनि आफुविरुद्ध उजुरी परको जानकारी आफूलाई आएको र सोको जवाफ आफूले आइक्यानलाई दिइसकेको दाबी गरेका छन् । ‘उजुरी परेको थियो । मैले मेरो जवाफ आइक्यानमा बुझाईसकेँ ।’ उप्रेतीले अर्थ सरोकारसँग भने, ‘हामीले पछिल्लो काम केहि गरेका छैनौँ । उजुरी पहिलाको कामको विषयमा थियो, जसको जवाफ मैले फर्काईसकेँ ।’

रिलायन्स स्पिनिङ्ग मिल्सको आइपिओ स्वीकृति अदालतको आदेशको अपव्याख्या गरी दिइएको भन्दै यतिबेला विवादमा छ । सोही प्रकरणमा ठुलो भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK